Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कारको डिकीमा लुकाइ राखेको ९० केजी गाँजासहित दुई भारतीय पक्राउ

    कारको डिकीमा लुकाइ राखेको ९० केजी गाँजासहित दुई भारतीय पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 933
    SHARES

    पर्सा । ९० केजी लागूऔषध गाँजासहित  प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले विशेष सूचनाको आधारमा पर्साको बगही गेट नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा भारतको युपीका कमल सागर गोपालपुर निस्फीका ३० वर्षीय रविकान्त भारती र भारत विहार बेतियाका २८ वर्षीय सुनिल भारती रहेका छन् ।



    प्रहरीले भारतिय नम्बर प्लेटको युपी ७० बिके ९९५५ नम्बरको इन्डिगो मेन्जर कारको डिकी र सिटमुनी लुकाइ राखेको ९० केजी गाँजासमेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार