काठमाडौं । बजेट निर्माणका विषयमा विवादित बनेपछि अर्थमन्त्री जनार्दन शर्माले आफूले अहिलेसम्मकै राम्रो बजेट ल्याएको दाबी गरेका छन् ।
नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राम्रो बजेट ल्याएको शर्माले दाबी गरेका हुन् ।
अर्थमन्त्री शर्मामाथि बजेट घोषणाअघि अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि माओवादीले सोही विषयमा छलफल गरेको थियो ।
अर्थ मन्त्रालयको सीसीटीभी फुटेज ‘डिलिट’ गराइएको आरोपसमेत अर्थमन्त्रीमाथि लागेको छ ।
Leave a Reply