काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि राजीनामाको चौतर्फी दबाब बढेपछि आज राजीनामा दिने संम्भावना रहेको छ ।
सत्ताधारी नेताहरुबाटै राजीनामाको दबाब बढेपछि शर्माले आजै पदबाट राजीनामा दिनसक्ने जनाईएको छ ।
अर्थमन्त्री शर्माले आज प्रतिनिधिसभाको बैठकमा आफ्नो कुरा राख्ने र त्यसपछिको अवस्था हेरेर अघि बढ्ने तयारी रहेको जनाईएको छ । अर्थमन्त्रीको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच हिजो साँझ झण्डै एक घण्टा कुराकानी भएको थियो।
हिजो बसेको मन्त्रिपरिषद् बैठकमा नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरुले मन्त्री शर्माको राजीनामा माग गरेका थिए। २०७९/८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एकजना पूर्व नायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ।
Leave a Reply