काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् ।
बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएको भन्दै प्रश्न उठेपछि सचिव मरासिनी लामो विदामा बसेका हुन् ।
बुधबार बिहान अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म अर्थ मन्त्रालय नफर्किने मरासिनीले मुख्य सचिव शंकरदाश बैरागी र प्रधामन्त्री शेरबहादुर देउवालाई समेत जानकारि गराएका छन् ।
अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि अर्थमन्त्री शर्मामाथि आरोप लागेको छ ।
Leave a Reply