काभ्रे । कोरोना संक्रमणका कारण नेपालमा पहिलो पटक मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको १३ दिने शिशु रिपोर्ट नेगेटिभ आएको छ ।
मृतकका परिवारका अन्य सदस्यको पीसीआर रिपोट पनि नेगेटिभ नै आएको बताइएको छ ।
कोरोनाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चे चालिसेगाउँकी २९ वर्षीया महिलाको मृत्यु भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो ।
यसैबीच सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चे चालिसेगाउँमा आइतबार मृतकका परिवारजन र छिमेकीको स्वाब संकलन गरिएको थियो ।
शिशुलाई ल्याक्टोजिन खुवाएर राखिएको छ भने १४ दिन क्वारेन्टाइनमा राख्ने गरी सिन्धुपाल्चोकको प्रशासन र स्वास्थ्य कार्यलयको समन्वयमा शिशुलाई डिस्चार्ज गर्ने तयारी भएको धुलिखेल अस्पताल स्रोतले बतायो ।
श्वासप्रस्वासमा समस्या आएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा ती सुत्केरी महिलाको मृत्यु भएको थियो ।
Leave a Reply