Online Nepal
  • बुधबार, ५ मंसिर २०८१
  • कर्णाली प्रदेश सभाको बैठक बिहीबार बस्ने

    कर्णाली प्रदेश सभाको बैठक बिहीबार बस्ने

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 717
    SHARES

    सुर्खेत । कर्णाली प्रदेश सभाको असार १२ गतेदेखि स्थगित बैठक बिहीबार बस्ने भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेश सभाको दशौँ अधिवेशनको १८औँ बैठक अवरोध गरेयता सदन स्थगन भएको थियो।

    सभामुख राजबहादुर शाहीले बैठक सञ्चालनका लागि सत्ता साझेदार दलका नेता र प्रतिपक्षी दलबीच पटक–पटक बैठक बसाउँदा पनि सहमति जुट्न सकेको थिएन।



    ‘प्रमुख प्रतिपक्षी एमालेले मुख्यमन्त्री रोजगार कार्यक्रम कार्याविधिअनुसार लागू गर्नुपर्ने, निर्वाचन क्षेत्र विशेष कार्यक्रमको निष्पक्षताका आधारमा दिनुपर्ने, १५ लाख बजेटभन्दा मुनिका योजना स्थानीय तहमा पठाउनुपर्ने माग सरकारसँग राख्दै आएको छ’, सभामुख शाहीले भने।



    सभामुख शाहीले एमालेले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको किताब तथ्यगतरूपमा ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने र बजेटमा समेटिएका सुदूरपश्चिमका तीन जिल्ला कर्णालीको बजेटमा हटाउनुपर्ने अडान कायमै राखेको बताए।

    बिहीबार बिहान ८ बजे सत्ता गठबन्धन दलका प्रमुख र प्रतिपक्षी दलहरूको निर्णायक बैठकबाट सहमति जुटाएर दिउँसो १ बजे सदन चलाउने योजना बनाइएको उनले जानकारी दिए। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार