Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • खुशीको खबर : कोरोनाका कारण मृत्यु भएकी युवतीको परिवारको रिपोर्ट नेगेटिभ

    खुशीको खबर : कोरोनाका कारण मृत्यु भएकी युवतीको परिवारको रिपोर्ट नेगेटिभ

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०७७
  • 3K
    SHARES

    काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी युवतीको नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

    धुलिखेल अस्पतालमा चिकित्सक डा.सुमनराज ताम्राकारका अनुसार अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो ।



    वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरा जन्माएकी महिला त्यसपछि सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् । त्यसपछि स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्था हुँदै उपचारका लागि धुलिखेल ल्याइएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार