Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • बजेटमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका पाँच टुक्रा

    बजेटमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका पाँच टुक्रा

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 939
    SHARES

    फाइल फोटो

    काठमाडौं । आगामी आर्थिक वर्ष २०७१/०८० को बजेटमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ५ टुक्रा भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको बजेटमा सो कार्यक्रम कार्यान्वयन गर्न ८ अर्ब ८८ करोड ३२ लाख रुपैयाँ विनियोजन गरिएको छ।

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न विद्यालयको भौतिक पूर्वाधार शीर्षकमा सबैभन्दा धेरै बजेट राखिएको छ। सो शीर्षकमा ७ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको छ।



    सरकारी शिक्षा सुधार गर्ने योजनासहित सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अघि बढाएको हो। चाल आवको बजेट कार्यान्वयनको अन्तिम चरणमा रहेको र आगामी आवमा थप योजना कार्यान्वयन गर्न बजेट विनियोजन गरिएको हो।



    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले तत्काल काम गर्ने गरी बजेट व्यवस्था गरिएको र सरकारले सो कार्यक्रमलाई ५ टुक्रा पारेको बताए । कार्यक्रमअन्तर्गत स्मार्ट बोर्ड व्यवस्थापन गर्न २० लाख रुपियाँ उल्लेख छ।

    पत्रपत्रिकाबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार