काठमाडौं । विवादित अर्थमन्त्री जनार्दन शर्माले बजेट लिक गरेपछि सिसिटिभी फुटेज डिलिट गरेको प्रकरणलाई मत्थर पार्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गर्ने भएका छन् ।
बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई राति मन्त्रालय लगेर करको दायरा हेरफेर गरिएको भन्दै अर्थमन्त्री शर्माको चर्को आलोचना भइरहेको छ ।
सरकारमा दबाब बढेपछि निकासका लागि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्न लागेका हुन् ।
मन्त्रालयले सीसीटीभी फुटेज पनि हराएको भनेपछि अर्थमन्त्रीले राजनीनामा दिनुपर्ने माग बढ्दै गएको छ ।
Leave a Reply