Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • एक सातामा वाणिज्य बैंकहरुमा ३४ अर्ब रुपैयाँ निक्षेप थपियो

    एक सातामा वाणिज्य बैंकहरुमा ३४ अर्ब रुपैयाँ निक्षेप थपियो

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । गत साता मात्रै वाणिज्य बैंकहरुमा ३४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । अघिल्ला साताहरुको तुलनामा गत साता निक्षेप उच्च दरले बढेको हो ।

    यद्यपि कर्जा भने गत साता दुई अर्बले मात्रै विस्तार भएको छ । आर्थिक वर्षको अन्तिम महिना भएकाले सरकारी खर्च केही बढेको छ ।



    सरकारी खर्च बढेपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन बढेको हो । तर, आर्थिक वर्षको अन्त्यमा बैंकहरुले कर्जा असुलीमा ध्यान दिने भएकाले उक्त अवधिमा कर्जा विस्तार न्यून देखिएको बैंकरहरुले बताएका छन् ।



    राष्ट्र बैंकका अनुसार अघिल्लो शुक्रबार (असार १० मा) ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप १७ गतेसम्म आइपुग्दा बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।

    त्यस्तै सो एक साताको अवधिमा कर्जा ४१ खर्ब ८२ अर्ब रुपैयाँबाट २ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ८४ अर्ब रुपैयाँ कायम भएको छ । यसले बैंकहरुलाई रकम व्यवस्थापनका लागि केही सहज भएको छ ।

    गत चैतदेखि नै वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह घटेको छ । गत चैत मसान्तमा वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ९७ अर्ब रुपैयाँ थियो । त्यसपछिका हरेक साताजसो कुल कर्जा घटिरहेको छ । असार १७ गतेसम्म आउँदा पनि ४१ खर्ब ८४ अर्बमा सीमित छ ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार