Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • प्युठानमा चट्याङ लागेर दुई बालकको मृत्यु, ९ जना घाइते

    प्युठानमा चट्याङ लागेर दुई बालकको मृत्यु, ९ जना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 765
    SHARES

    फाइल तस्विर

    प्युठान । प्युठानको ऐरावती गाउँपालिका–६ बिजुलीकोटमा चट्याङ लागेर दुई बालकको मृत्यु भएको छ ।

    चट्याङ लागेर घाइते भएका स्थानीय ७ वर्षका रोमन परियार र १२ वर्षका किरण परियारको उपचारका क्रममा मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको थियो ।



    यस्तै चट्याङ लागेर ऐरावती गाउँपालिका–६ का ५ जना र वडा नम्बर–१ दाङवाङ्गका ४ जना गरी ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार