Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सीमावर्तीमा क्षेत्रमा गाडिएकाे नेपाली झण्डा एसएसबीले लगे

    सीमावर्तीमा क्षेत्रमा गाडिएकाे नेपाली झण्डा एसएसबीले लगे

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०७७
  • 6.7K
    SHARES

    काठमाडौं । नेपाल विद्यार्थी सङ्घले नेपाल भारत सीमावर्ती सन्दकपुरमा भारतले नेपालको सिमाना मिचेको भन्दै विरोध गरेको छ ।

    नेपाल विद्यार्थी सङ्घ इलाम र पाँचथर जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा भारतले अतिक्रमण गरेको नेपालको सीमा (इलाम सन्दकपुर गाउँपालिका र पाँचथरको फालेलुङ गाउँपालिकाको सिमाना) को भूमिमा विरोध प्रदर्शन गरेको हो ।



    अतिक्रमित नेपाल–भारत सीमा सन्दकपुर नजीकै रहेको आहलटारमा सङ्घले विरोध र्‍याली, प्रदर्शन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन, अतिक्रमित भूमिमा नेपालको राष्ट्रिय झण्डा गाड्ने जस्ता कार्यक्रम सम्पन्न गरिएको नेविसङ्घ इलामका उपाध्यक्ष प्रज्वल भट्टराईले जानकारी दिए ।



    तर भारतले आफ्नो भनी दावी गरेको क्षेत्रमा पाँचथर र इलाममा विद्यार्थीले गाडेको राष्ट्रिय झण्डा भारतीय सुरुक्षाकर्मीले हटाएका छन् । नेविसंघका जिल्लास्तरका नेताले भारतीय अतिक्रमणको विरोध गर्दै सन्तकपुुर–आहाल क्षेत्रमा राष्ट्रिय झण्डा फहराएका थिए ।

    १० मिनेट नबित्दै अाएका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरुले झण्डा उठाएर लगेकाे सीमावर्ती क्षेत्रका स्थानीयहरूकाे भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार