Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • पदस्थापन भएका तीन डिआईजीको काज सरुवा , एयरपोर्टमा श्याम ज्ञवाली

    पदस्थापन भएका तीन डिआईजीको काज सरुवा , एयरपोर्टमा श्याम ज्ञवाली

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 2.8K
    SHARES

    काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीमा तीन  प्रहरी नायब महानिरीक्षक (डिआईजी) को दरबन्दी थप गर्ने भएको छ। गृहमन्त्रालयले हिजो फूली लगाएर पदस्थापन भएका तीन डिआईजीलाई लगत्तै एसएसपी प्रमुख रहने कार्यालयमा काज सरुवा गरेसँगै डिआईजीको दरबन्दी थप गर्न लागेको हो।

    आइतबारको गृहमन्त्रीस्तरीय निर्णय अनुसार दरबन्दीमा पदस्थापन भएका  तीन डिआईजीलाई काज सरुवा गरेर एसएसपी प्रमुख रहेका कार्यालयको जिम्मेवारी दिइएको हो ।



    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, नेपाल प्रहरी शिक्षालय भरतपुर चितवन र त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयमा डिआईजी खटाइएको छ । अगाडि ती युनिटमा एसएसपीले नेतृत्व गर्दै आएका थिए। केन्द्रिय साइबर ब्यूरोमा पदस्थापन गरिएका डिआईजी श्यामलाल ज्ञवालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयको प्रमुखको जिम्मेवारीमा काज सरुवा गरिएको छ ।



    ज्ञवाली यसअघि तत्कालिन महानगरिय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी सफलतापुर्वक  सम्पन्न गरेका गरेका प्रहरी अधिकारी हुन।

    त्यस्तै, पदस्थापनमा प्रदेश प्रहरी समन्वय बिभागमा पदस्थापन भएका डिआईजी सन्दीप भण्डारीलाई नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा काजमा खटाइएको छ भने प्रहरी प्रधान कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन भएकी डिआईजी मिरा चौधरीलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय  प्रमुखको जिम्मेवारी दिइएको छ ।

    एसएसपी प्रमुख रहने तीन कार्यालयमा काजमा डिआईजी खटाइएसंगै गृहमन्त्रालयले  तीन डिआईजी पदको लागि दरबन्दी थपको योजना अगाडि बढाएको वताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार