Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध

    पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    बैतडी । सडक माथिबाट खसेको पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ ।

    राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।



    आज (आइतबार) दिउँसो ३ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।



    राजमार्ग अवरुद्ध बनेसँगै बझाङ, बैतडी र दार्चुलाका गाडीहरू बीचबाटोमा अलपत्र परेका छन् ।

    राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार