Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • १५ दिन थपियो लकडाउन

    १५ दिन थपियो लकडाउन

    अनलाइन नेपाल
  • आइतबार, ४ जेष्ठ २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । सरकारले लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब जेठ २० गतेसम्म लकडाउन हुने भएको छ ।

    अघिल्लो पटक थपिएको लकडाउन भोलिबाट समाप्त हुँदैछ । तर, त्यसको एक दिन अगाडि आज सरकारले जेठ २० सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।



    मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।



    यसअघि बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।

    समितिको आइतबार बसेको बैठकले कोरोना भाइरस संक्रमण बढ्दै गएकाले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकाल्दै जेठ २० गतेसम्म लम्ब्याउन पर्ने प्रस्ताव मन्त्रिपरिषद समक्ष पेश गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार