काठमाडौं । आज थप तीन जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २९५ पुगेको छ ।
जसमध्य २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् ।
आज प्रदेश १ का दुई जिल्लाका गरी तीनजनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये दुईजना मोरङ विराटनगरका र एकजना धनकुटाका छन् । मोरङ र धनकुटामा पहिलो पटक संक्रमित देखिएका हुन् ।
धनकुटाकी संक्रमित धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ भने बाँकी २ जना विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू हुन्।
Leave a Reply