Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता

    एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, ४ जेष्ठ २०७७
  • 1.8K
    SHARES

    पोखरा । म्याग्दीमा एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको छ। मुस्ताङदेखि सुत्केरी लिन पोखरातर्फ अाउने क्रममा एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको हाे ।

    १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा बेनी जोमसोम सडकबाट एक सय मिटर तल कालीगण्डकीमा खसेको हो ।



    मुस्ताङको थासाङ गाउँपालिकाबाट पोखरातर्फ आएको एम्बुलेन्सको अवशेष कालीगण्डकीमा देखिए पनि चालक भने बेपत्ता छन् ।



    जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायक उपरीक्षक डीएसपी किरणजंग कुवँरले एम्बुलेन्स चालक थासाङ गाउँपालिका–४ का सुजन बिक बेपत्ता भएको जानकारी दिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार