काठमाडौं । विवादमा फसेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः विभाजन भएको छ ।
अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा गरेसँगै सो संगठन विभाजन भएको हो ।
वानेश्वरस्थित नेपाल कमर्श क्याम्पसवाट घोषणा हुने उक्त नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशैभरका विद्यार्थी नेताहरुको समर्थन रहेको कार्की समुहको दावी छ।
संगठनलाई विद्यान बमोजिम अघि बढाउनका लागि १ सय ९९ सदस्यीय आयोजक समिति निर्माण भएको जनाईएको छ ।
Leave a Reply