Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरु निजगढ अवतरण , आजै काठमाडौं फर्कने

    प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरु निजगढ अवतरण , आजै काठमाडौं फर्कने

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 882
    SHARES

    काठमाडौं । सत्तासाझेदार दलका शीर्ष नेताहरु आज प्रस्तावित निजगढ विमानस्थल निर्माणको लागि स्थलगत निरीक्षणका लागि बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत निजगढ पुगेका छन् ।

    बारामा उनीहरुलाई गठबन्धनका जिल्ला नेताहरु तथा पालिका प्रमुख उपप्रमुखहरुले स्वागत गरेका छन् । निजगढ विमानस्थलमा भइरहेको प्रगतिसहित जानकारी लिने उद्देश्यले गठबन्धनका शीर्ष नेताहरु सो क्षेत्र पुगेका हुन्।



    विमानस्थलबारे सर्वोच्चको निर्णय आएको केही दिनमै प्रधानमन्त्रीसहितका सत्तारुढ दलका शीर्ष नेता अवलोकनका लागि पुगेका हुन् । प्रधानमन्त्रीसहितको टोलीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता रहेका छन् ।



    भ्रमण टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव र खानेपानी मन्त्री उमाकान्त चौधरी पनि रहेका छन् । शीर्ष नेतासहितको सरकारी टोली विमानस्थल निर्माणस्थल र हालसम्मको प्रगतिबारे जानकारी लिएर आजै काठमाडौं फर्कने कार्यतालिका रहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार