Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • उद्धव ठाकरेले मुख्यमन्त्री एकनाथ शिन्देलाई पार्टीको नेताबाट हटाए

    उद्धव ठाकरेले मुख्यमन्त्री एकनाथ शिन्देलाई पार्टीको नेताबाट हटाए

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । शिवसेना प्रमुख तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्री उद्धव ठाकरेले राज्यका मुख्यमन्त्री र विद्रोही विधायकका नेता एकनाथ शिन्देलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा पार्टी नेताको पदबाट हटाएका छन्।

    शिव सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको हो। यसअघि शुक्रबार उद्धव ठाकरेले एकनाथ शिन्देलाई मुख्यमन्त्रीमा नियुक्त गरेकोमा भाजपालाई निशाना बनाएका थिए।



    उनले यसअघि भाजपाले यस्तै काम गरेको भए महाविकास अघाडी बन्ने थिएन भनेका थिए । महाविकास अघाडीको नेताका रूपमा उद्धव ठाकरेले राज्यको मुख्यमन्त्रीको पदभार ग्रहण गरेका थिए।



    तर, उनले बुधबार पदबाट राजीनामा दिएका थिए । उनीपछि बिहीबार राज्यको नयाँ मुख्यमन्त्रीका रूपमा एकनाथ शिन्देले शपथ लिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार