काठमाडौं । सत्तासाझेदार दलका शीर्ष नेताहरु आज प्रस्तावित निजगढ विमानस्थल निर्माणको लागि स्थलगत अवलोकन गर्न जाने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज बाराको निजगढ जाँदै छन् । सो स्थानमा सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई तैनाथ गरिएको छ ।
प्रधानमन्त्री देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच शुक्रबार भएको भेटमा स्थलगत अवलोकनमा जाने कुराकानी भएको बालुवाटार थियो ।
निजगढ विमानस्थल निर्माणका सम्पूर्ण प्रक्रिया खारेज गर्न आदेश दिएको सर्वोच्च अदालतले बिहीबार पूर्णपाठ सार्वजनिक गरेको छ ।
त्यसमा वातावरणीय क्षति न्युन हुने गरी उपयुक्त स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारलाई सुझाब दिइएको छ ।
Leave a Reply