Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • मोटरसाइकल चोरी गर्ने गिरोहका ९ जना दाङबाट पक्राउ

    मोटरसाइकल चोरी गर्ने गिरोहका ९ जना दाङबाट पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले मोटरसाइकल चोरी गर्ने गिरोहका ९ जनालाई पक्राउ गरेको छ । चोरी गरिएका मोटरसाइकलसहित पक्राउ परेका उनीहरूलाई प्रहरीले सार्वजनिक गरेको हो ।

    उनीहरुले बुटवलबाट मोटरसाइकल चोरेर ल्याइ दाङमा बिक्रि गर्ने गरेको खुलासा भएको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका ६ का १७ बर्षीय आनन्द परियार, सोही ठाउँका क्रम वस्नेत, कानन लम्साल, नसिव अहमत, शिवम यादव र वरुण कुमाल रहेका छन् ।



    यस्तै लमही नगरपालिका ५ का वसियम अलिखान, अनिल सिंह ठकुरी र लक्ष्मण विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङका प्रहरी प्रमुख एसपि सुरेश काफ्लेको निर्देशनमा मोटरसाकल चोरी गरेर बिक्रि गर्ने गिरोहलाई प्रहरी समात्न सफल भएको हो ।



    प्रहरीले ११ जनालाई पक्राउ गरे पनि ९ जनालाई मात्रै सार्वजनिक गरेको गरिएको बताइएको छ । उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार