Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रेस लेखेको मोटरसाइकलमा हतियारसहित सवार दुई जना पक्राउ

    प्रेस लेखेको मोटरसाइकलमा हतियारसहित सवार दुई जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ४ जेष्ठ २०७७
  • 1.6K
    SHARES

    जनकपुरधाम । देशभर जारी लकडाउनको बेला प्रेस लेखेको मोटरसाइकलमा हतियारसहित सवार दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा बिष्णु गाउँपालिका ३ का २५ वर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिह १ का १९ वर्षीय अनिष साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    पक्राउ पर्नेहरुको साथबाट थ्री फिप्टी पेस्तोल १ थान, त्यसमा लाग्ने गोली १ थान, त्यसैगरी चाइनिज पेस्तोल एक थान, त्यसमा लाग्ने म्यागजिन एक थान र त्यसमा लाग्ने गोली ५ थान बरामद गरिएको प्रहरीले जनाएको छ।



    सर्लाहीको दक्षिणी क्षेत्र बिष्णु गाउँपालिका ३ विश्वनाथपुर टोलबाट हातहतियार र प्रेस लेखेको बिआर ३० एम ६७८७ नम्बरको मोटरसाइकलसहित प्रहरीले उनीहरूलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए।



    उनका अनुसार बाँसघारीमा लुकेर बसेको अवस्थामा विशेष सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कर्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार