काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतवार सचिवालय बैठक बोलाएको छ ।
आइतवार बिहान ११ बजे सचिवालय बैठक बोलाइएको हो ।
बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुने बताइएको छ ।
एमालेको सचिवालय बैठक यसअघि गत जेठ ३० गते बसेको थियो। स्थानीय तह निर्वाचन पछि यो बैठक पहिलो हो।
Leave a Reply