Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • संघीयताको वर्तमान स्वरुप परिवर्तन गर्नुपर्छ : कमल थापा

    संघीयताको वर्तमान स्वरुप परिवर्तन गर्नुपर्छ : कमल थापा

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 816
    SHARES

    सुर्खेत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको वर्तमान स्वरुप परिवर्तन गर्नुपर्ने बताएका छन् ।

    प्रदेश सरकारलाई खारेज गर्दै स्थानीय तहलाई बलियो बनाउँनु पर्ने उनको तर्क छ ।



    पार्टीको अन्तक्रिया कार्यक्रममा सहभागी हुँन सुर्खेत आएका अध्यक्ष थापाले शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै वर्तमान अवस्थाको संघीयता सही नभएको बताएका हुन् ।



    प्रदेश संरचनाको कुनै औचित्य नभएको उनको दाबी छ ।

    ‘संघीयताको वर्तमान स्वरूप परिवर्तन गर्न आवश्यक छ । प्रदेश संरचना खर्चिलो भयो, यस्को औचित्य पनि छैन । स्थानीय तहलाई बलियो बनाउँ । देशमा दुई तहको संघीयता आवयम छ,’ अध्यक्ष थापाले भने ।

    अध्यक्ष थापाले बाह्य शक्तिको प्रभाव र धर्म परिवर्तनको डढेलोले सिंगो देशनै संकटमा पर्ने दाबीसमेत गरे । ‘विश्वमा सबैभन्दा बढी धर्म परिवर्तन हुने देशमा नेपाल परेको छ । धर्म परिवर्तनको डढेलोले हिन्दु राष्ट्रको दियो निभ्न दिनुहुँदैन । यसलाई समयमै नियन्त्रण गर्न आवश्यक छ,’ अध्यक्ष थापाले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार