Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • श्रीमानकाे हत्या गरकाे आशंकामा श्रीमतीसहित तीनजना पक्राउ

    श्रीमानकाे हत्या गरकाे आशंकामा श्रीमतीसहित तीनजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ४ जेष्ठ २०७७
  • 3.8K
    SHARES

    विराटनगर । विराटनगर महानगरपालिका-१० मधुमारामा श्रीमानकाे हत्या गरकाे आशंकामा श्रीमतीसहित तीनजना पक्राउ परेका छन्। प्रहरीले औषधि व्यवसायी श्रीमान  देवीप्रसाद दुलालको हत्या गरकाे आशंकामा श्रीमती मीना श्रेष्ठ दुलाल,  औषधि व्यवासायी धनबहादुर काफ्ले र हरिमोहनश्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

    आइतबार बिहान दुलालको शंकास्पद मृत्यु भएको चिकित्सकले बताएपछि उनीहरूलाइ प्रहरीले नियन्त्रणमा लिएकाे हाे।। घटनाको प्रकृति हेर्दा उनको स्वभाविक मृत्यु नभइकन हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।



    सुनसरीको इटहरी उपमहानगरपालिका-१२ खनार घर भई विराटनगरमा औषधिको डिलर सञ्चालन गर्दै आएका ३३ वर्षीय दुलालको मृत्यु शंकास्पद देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।



    उनका अनुसार दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नाम दिएर औषधिको डिलर सञ्चालन गर्दै आएका थिए । सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि आइतबार बिहान ३ बजे कोसी अस्पताल पुर्‍याइएको थियो ।

    प्रहरीका अनुसार श्रीमती मीना, राजवंशी र अर्का औषधि व्यवसायी काफ्ले मिलेर उपचारका लागि पुर्‍याउना साथ अस्पतालले मृत घोषित गरेको थियो। उनीहरुमाथि सोधपुछ गर्दै घटनाको अनुसन्धान गर्ने काम भइरहेको जानकारी राईले दिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार