Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • बालिकामाथि यौन दुर्व्यवहार प्रकरण : सर्वनाम शिक्षालयका वार्डेन पुर्पक्षका लागि जेल चलान

    बालिकामाथि यौन दुर्व्यवहार प्रकरण : सर्वनाम शिक्षालयका वार्डेन पुर्पक्षका लागि जेल चलान

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नाबालिग विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने काठमाण्डौ बौद्धको सर्वनाम शिक्षालयका छात्रवास सञ्चालक रामजी बस्नेतलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल पठाएको छ ।

    थुनछेक बहसपछि उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै अदालतले मुद्दाको पुर्पक्षका थुनामा पठाएको हो । जिल्ला न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले बस्नेतलाई थुनामा पठाउने आदेश गरेको हो ।



    बस्नेतले स्कुलको छात्रावासमा बस्ने ११, १२ र १४ वर्षका बालिकालाई ५/६ महिना अघिदेखि विभिन्न मिति र समयमा छाती तथा संवेदनशील अङ्गमा छुने, अङ्गालो मार्ने शरीरका अन्य भागमा मुसार्ने, सुम्सुमाउने जस्ता काम गरी बाल यौन दुर्व्यवहार गरेकाले भन्दै प्रहरी वृत्त बौद्धमा जाहेरी दर्ता भएको थियो ।



    सरकारी वकिलको कार्यालयबाट काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरी बहस, पैरवीपछि आज अदालतको आदेशले बस्नेतलाई पुर्पक्षका लागि कारागार कार्यालय डिल्लीबजारमा थुनामा पठाइएको प्रहरीले जनाएको छ ।

    होस्टल वार्डेनका रुपमा खटिएका उनी आरोप लागेपछि फरार भएका थिए। प्रहरीले गएको जेठ २१ गते बस्नेतलाई रामेछापबाट पक्राउ गरेर काठमाडौं ल्याइ अनुसन्धान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार