Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • कोरोनाबाट आमा गुमाएका १२ दिने शिशुकाे स्वाब निकालियो

    कोरोनाबाट आमा गुमाएका १२ दिने शिशुकाे स्वाब निकालियो

    शिशुसहित परिवारका चार जना आइसोलेसनमा

    अनलाइन नेपाल
  • आइतबार, ४ जेष्ठ २०७७
  • 3K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको १२ दिने शिशुको कोरोना जाँचका लागि स्वाब निकालिएको छ ।

    कोरोनाका कारण सिन्धुपाल्चोकको बाह्रविसे–९, राम्चेकी सुत्केरी महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।



    उनको मृत्यु पश्चात १२ दिने शिशुसहित परिवारका चार जना सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ।



    परिवारका बाँकी तीन जना सदस्यमा मृतककी श्रीमान, आमा र बहिनी छन्।

    उनीहरू सबैको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ । चारै जनाको भोलिसम्म नतिजा आउँने अस्पतालले जनाएको छ ।

    नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो।

    ती महिलाले गत वैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार