काठमाडौं । रुपन्देही र मकवानपुरको प्रमुख जिल्ला अधिकारी (सीडीयो) को हेरफेर भएको छ ।
गृह मन्त्रालयले बुधबार रुपन्देही र मकवानपुर जिल्लाको सीडीयोको सरुवा गरेको हो ।
गृह मन्त्रालयले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारी बनाएको छ ।
त्यस्तै, गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ ।
मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई अध्यागमन विभागको महानिर्देशक बनाएको छ ।
विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको सरुवा भएपछि गृहले तिवारीलाई अध्यागमन विभागको महानिर्देशक बनाएको हो ।
Leave a Reply