Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • बालकोट पुगेर ओलीलाई वामदेवको प्रस्ताव – पार्टी एकता गरौं

    बालकोट पुगेर ओलीलाई वामदेवको प्रस्ताव – पार्टी एकता गरौं

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 996
    SHARES

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले ओलीसँग पार्टी एकताको प्रस्ताव गरेका छन्।

    बिहीवार बिहान ओली निवास बालकोटमा पुगेर गौतमले एमाले,नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई एकता गरेर नेकपा व्युँताउने प्रस्ताव गरेका हुन्।



    एकता अभियानका सचिवालय सदस्य निमकान्त पाण्डेले गौतमले एकताको प्रस्ताव गरेको जानकारी दिए।



    ओली र गौतमबिच एकताका बारेमा छलफल भए पनि ओलीले भने आफ्नो पार्टीमा छलफल गरेरमात्रै जवाफ दिने बताएका थिए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार