Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • भारतद्वारा नेपाललाई ३० हजार पीसीआर टेस्ट किट प्रदान

    भारतद्वारा नेपाललाई ३० हजार पीसीआर टेस्ट किट प्रदान

    अनलाइन नेपाल
  • आइतबार, ४ जेष्ठ २०७७
  • 5.5K
    SHARES

    काठमाडौं। भारतले नेपाललाई ३० हजार व्यक्तिको जाँच क्षमताको कोभिड–१९ पीसीआर टेस्ट कीट उपहार स्वरुप प्रदान गरेको छ।

    नेपालका लागि भारतीय राजदूत  विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई माईल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु हस्तान्तरण गरेका हुन।



    भारतीय जनताकातर्फबाट नेपाली जनताका लागि उपहार स्वरुप प्रदान गरिएको सो टेस्ट कीटहरुको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले तीस हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सक्ने भारतीय दुतावासले जनाएको छ।



    यसअघि गत वैशाख १० गते राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधी (प्यारासिटामोल र हाइड्रोअक्सिक्लोरोक्विन)  हस्तान्तरण गरेका थिए । औषधी र परीक्षण कीटको हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौती विरुद्घ तयार रहन, सामना गर्न तथा एकसाथ लड्न दुई देशका नेता एवम जनताबीचको जारी सहकार्यलार्ई दर्शाउँने भारतीय दुताबासको भनाइ छ।

    २०७६ चैत्र २ मा भारतका प्रधानमन्त्रीले सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गरेसँगै यी पहलकदमीको सुरुवात भएको हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार