Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • कर्णाली प्रदेश सभामा तीन दिनदेखि एमालेको अवरोध

    कर्णाली प्रदेश सभामा तीन दिनदेखि एमालेको अवरोध

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 1.1K
    SHARES

    सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक तीन दिनदेखि चल्न सकेको छैन ।

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी आर्थिक वर्षको बजेटमा आपत्ति जनाउँदै सभा अवरोध गर्दै आएको छ । बजेटमाथिको सैद्धान्तिक छलफल सकिएपछि आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै आइतबारदेखि एमालेले बैठक सञ्चालनमा अवरोध गरेको हो ।



    बजेटका सन्दर्भमा प्रतिपक्षसँगको ७ बुँदे सम्झौता कार्यान्वयनमा सरकारले बेवास्ता गरेको एमालेको आरोप छ । एमाले कर्णाली प्रदेश सभा दलका नेता यामलाल कँडेलले बजेट प्रस्तुत गर्ने विकल्प दिंदा पनि सरकारले अध्यादेशमार्फत् बजेट ल्याएको बताए ।



    प्रतिपक्षसँग गरिएको सम्झौताका विषयमा सरकार गम्भीर नदेखिएकै कारण सदन अवरुद्ध गर्नुपरेको एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार