Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • एमालेमा तीन वर्षसम्म माओवादीको बीउ रोपिएको छ,केही समयपछि त्यो फल्छ : अध्यक्ष प्रचण्ड

    एमालेमा तीन वर्षसम्म माओवादीको बीउ रोपिएको छ,केही समयपछि त्यो फल्छ : अध्यक्ष प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । एमालेमा तीन वर्षसम्म माओवादीको बीउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बताएका छन् ।

    बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको बताएका हुन् । नेकपा एमालेभित्र पनि सच्चा कम्युनिष्ट रहेको र उनीहरुलाइृ पनि समेटेर जानुपर्ने अहिलेको आवश्यक्ता भएको उनले बताए । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व नरहे एमालेका नेता र कार्यकर्तालाई पनि सँगै समेटेर जान सकिने बताएका हुन् ।



    एमालेभित्रका कार्यकर्ता र नेताहरूलाई पनि एकीकृत गरेर लैजान सकिने उनले बताए। ‘३ वर्षको मेरो अनुभव भनेको एमालेभित्रका कार्यकर्ता र नेताहरुलाई पनि एकीकृत र केन्द्रिकृत गरेर लैजान सकिने रहेछ भन्ने अनुभव हो । सकिएन नि त, बिग्रियो नि त भन्ने लाग्न सक्छ तर त्यहाँ बीउ रोपिएको छ, हामी माओवादीलेबीउ रोपेर आएका छौँ, हेर्नुहोला, केही समयपछि त्यो फुल्छ फल्छ ‘ उनले भने ।



    अध्यक्ष दाहालले सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम चन्द र मोहन वैद्य लगायतका नेताहरुलाई माओवादीमै फर्किन आग्रह गरे। जनताको आवाज भनेकै पूर्वमाओवादीहरु सबै एकै ठाउँ रहनु हो भन्दै दाहालले जनताको आवाजलाई नजरअन्दाज गर्न नमिल्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार