Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • आजदेखि काठमाडौंका सडकमा खानेकुरा बेच्‍न निषेध, अवज्ञा गरे जरिवाना

    आजदेखि काठमाडौंका सडकमा खानेकुरा बेच्‍न निषेध, अवज्ञा गरे जरिवाना

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सडकमा खानेकुरा बेच्‍न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ ।

    पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले कामपाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लगाएको हो । आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने कामपाले चेतावनी दिएको छ ।



    होटल रेष्टुराँको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए ।



    पानीको पाइपलाइन तथा ढल प्रणालीको अवस्था हेर्न तथा सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरिएको उनले बताए ।

    सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई जीवनजल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेको र बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाइएको त्रिपाठीले बताए ।

    नागरिकको सहजताका लागि कामपाले २४ सै घण्टा ११८० हटलाइन टेलिफोन सोमबारदेखि सञ्‍चालनमा ल्याएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार