Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • श्रीमतीसँग विवाद : तर्साउन हवाइ फायर, श्रीमान पेस्तोलसहित प्रहरीको फन्दामा

    श्रीमतीसँग विवाद : तर्साउन हवाइ फायर, श्रीमान पेस्तोलसहित प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 981
    SHARES

    धनुषा । श्रीमतीसँग विवाद हुँदा हवाइ फायर गरी तर्साउने युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ९ थापा चोकका ३७ वर्षीय मनिषकुमार अधिकारी रहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सोमबार राति श्रीमतीसँग विवाद भएपछि अधिकारीले गोली भएको पेस्तोल छतमा पुगेर पड्काएका थिए । गोली चलेको खबर पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।



    उनको घरको किचन कोठामा लुकाइ राखेको अवस्थामा अटो पिस्टन युएसए लेखिएको पेस्तोलमा गोली एक राउण्ड र म्यागेजिन बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ ।



    श्रीमान् –श्रीमतीबीच घरायसी वादविवाद हुँदा घरको छतमा गएर तर्साउनको लागि मनिषले गोली चलाएको अनुसन्धानबाट खुलेको छ । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार