Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • १७ बुँदे समसामयिक प्रस्ताव पारित

    वामपन्थी शक्ति एकतावद्ध हुन एकीकृत समाजवादीको आह्वान

    वामपन्थी शक्ति एकतावद्ध हुन एकीकृत समाजवादीको आह्वान

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 753
    SHARES

    काठमाडौं । कम्युनिस्ट तथा वामपन्थी शक्तिहरुलाई एकतावद्ध हुन नेकपा एकीकृत समाजवादीले आह्वान गरेको छ ।

    सोमबार र मंगलबार काठमाडौंमा भएको एकीकृत समाजवादीको केन्द्रीय परिषदको पहिलो बैठकले कम्युनिस्ट एकतामा जोड दिँदै वामपन्थी शक्तिहरूलाई संघीयता र धर्मनिरपेक्षताको पक्षमा एकजुट हुन आह्वान गरेको हो ।



    एकीकृत समाजवादीले माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा सही विचार र राजनीतिक कार्यदिशा अंगालेका तर विभिन्न पार्टी र समूहमा विभक्त भएका कम्युनिस्ट शक्तिलाई समाजवादी क्रान्तिकारी लक्ष्यमा एकतावद्ध हुन आह्वान गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।



    यस्तै बैठकले १७ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । दैनिक जनजीवन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिसँग सम्बन्धित अन्य समसामयिक प्रस्तावमा समाजवादीले मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्नुका साथै किसानलाई सहज तरिकाबाट मल बिउबिजनको व्यवस्था गर्न माग गरेको छ।

    यस्तै महिला तथा बालबालिकामाथि भइरहेको बलात्कारको घटनाको भत्सर्ना बैठकले गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार