काठमाडौं । नीता ढुंगाना र हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने फिल्म ‘ह्रस्व दीर्घ’ मा एकपछि अर्को भारतीय कलाकार अनुबन्धित भइरहेका छन् ।
चन्द्र पन्तको निर्देशनमा बन्ने यो फिल्ममा भारतीय कलाकार ब्रह्मानन्दमलाई अनुबन्ध गरिएको छ । उनले अरू सबै कलाकारभन्दा महँगो पारिश्रमिक लिने गरी सम्झौता गरेको निर्माण टिमले जनाएको छ । नीताले मंगलबार फेसबुकमा कीर्तिमानधारी कलाकारलाई अनुबन्ध गरेको जानकारी गराएकी हुन् ।
‘ह्रस्व दीर्घ’ शीर्षकमा बन्न लागेको यो फिल्ममा यसअघि ‘गजनी’ र ‘पुष्पा’का भिलेन अनुबन्ध भइसकेका छन् । यो फिल्ममा हरिहर अधिकारी र नीता ढुंगानाको मुख्य भूमिका रहने चर्चा छ ।
दक्षिण भारतका मुख्य गरी तमिल र तेलगु भाषाका फिल्ममा देखिने ब्रम्हानन्दम् संसारकै सबैभन्दा धेरै फिल्म खेल्ने अभिनेता हुन् ।
Leave a Reply