Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • पोखरा महानगरलाई सर्वोच्चको आदेश – फेवातालको नयाँ मापदण्ड लागू नगर्नु

    पोखरा महानगरलाई सर्वोच्चको आदेश – फेवातालको नयाँ मापदण्ड लागू नगर्नु

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    पोखरा । फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    मानबहादुर जिसी मेयर भएको बेला महानगरपालिकाको कार्यपालिका बैठकले मापदण्ड घटाउने निर्णय गरेको थियो । महानगरपालिकाले ६५ मिटर मापदण्ड घटाएर ३० मिटर तोकेको थियो । कार्यपालिका बैठकले यस्तो निर्णय गरेपछि महानगरपालिकाको चर्को आलोचना भएको थियो ।



    अधिवक्ताहरू खगेन्द्र सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र दिपेन्द्र प्रसाद घिमिरेले जेठ ११ गते सर्वोच्च अदालतमा रिट दायर गर्दै फेवाताल लगायत अन्य तालहरुको मापदण्ड घटाउने निर्णय खारेजका लागि उत्प्रेषण र परमादेशको माग गरेका थिए ।



    सर्वोच्चका न्यायाधीश इश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलाशले महानगरपालिकाले गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार