Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ हो : एमाले नेता ज्ञवाली

    गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ हो : एमाले नेता ज्ञवाली

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 906
    SHARES

    चितवन । गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ भएको प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

    भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर संकटको सामना गरिरहेको टिप्पणी गरे ।



    मुलुक आर्थिक हिसाबले मुलुक अत्यन्त जोखिमको अवस्थामा पुगेको भन्दै उनले भने, ‘अर्थतन्त्रका हरेक सूचकहरुमा रातो बत्ति बलिरहेको स्थिति छ ।’



    मुलुकको अर्थतन्त्र कुन बेला ‘कोल्याप्स’ हुन्छ भन्ने गम्भीर आशंकाले अर्थशास्त्री, व्यवसायी तथा आम जनता चिन्तित भएको समेत ज्ञवालीले बताए । पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले मुलुकको बाह्य सम्बन्धमा गम्भीर विचलनहरु देखा परेका दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार