Online Nepal
  • बुधबार, २ माघ २०८१
  • ‘गाउँले हिरो’ कुँवर भन्छन्–कला क्षेत्रमा डुबेपछि उत्रन गाह्रो रहेछ

    ‘गाउँले हिरो’ कुँवर भन्छन्–कला क्षेत्रमा डुबेपछि उत्रन गाह्रो रहेछ

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । खैरहनी न.पा.–८, पर्सा बजार चितवनका दिनेश कुँवरको पछिल्लो दशक कलाक्षेत्रमा गुज्रियो । मोडलिङ, म्युजिक भिडियो, डकुमेन्ट्री हुँदै चलचित्रको पर्दासम्म पुगेका कुँवरका पछिल्ला दिनहरु कलाक्षेत्रमै समर्पित हुने गरेका छन् । सुरुका दिनहरुमा कला क्षेत्र रहरको विषय बनेको भएपनि एक दशक सम्मको डुबुल्की पछि अब व्यवसायिकता अजमाउन पुगेकोले यसबाट उत्रन अब सम्भव नरहेको उनको ठम्याई रहेको छ ।

    बाल्यकालदेखि नै विद्यालयमा हुने विविध सांस्कृतिक कार्यक्रममा सक्रिय सहभागी हुँदै कलाकार बन्ने सपना देखेका कुँवर कलाकार शिव के. परियारको नेपाली र हिन्दी भर्सनको ‘चाय गरम’ म्युजिक भिडियोबाट अभिनय क्षेत्रमा प्रवेश गरेका हुन् । त्यसपछि सपनाको संसार, ज्ञानेन्द्र शाहीको अभिनयमा बनेको देशभक्ति गीत, गौतमबुद्धको बुद्ध फर्की आऊ, नदेखाऊ सपना र तिजी गीतहरु गरी दर्जन बढी गीतमा उनले मोडलिङ गरिसकेका छन् ।



    यस्तै, थुप्रै म्युजिक भिडियो, सर्ट फिल्म, पञ्जाबी म्युजिक भिडियो र थारु चलचित्रहरुमा समेत निर्देशन तथा सह–निर्देशनको भूमिका निभाइसकेका छन् । चलचित्र क्षेत्रमा प्रवेश गर्नुअघि उनले स्टेज कार्यक्रममा पनि आफ्नो कला प्रस्तुत गर्दै आएका थिए । डिस होमको रमाइलो च्यानलमा ‘हिजो घरमा कुरा चल्यो’ नामक सिरियलमा उनी ‘गाउँले हिरो’को भूमिकामा छन् ।

    सो सिरियल धेरैले मन पराए । त्यतिबेलैदेखि उनको नाम ‘गाउँले हिरो’ रहन गएको उनी बताउँछन् । कोरोनाको महामारीपश्चात चलचित्र क्षेत्र नराम्ररी प्रभावित बन्यो । त्यसको मारमा कलाकार पनि परे । लकडाउनको समयमा उनी ‘जा खल्लीबल्ली’ नामक सिरियलमा अभिनय गरे । मुनलाइट च्यानलमार्फत आउने ‘कडकनाथ’ सिरियलमा पनि उनी हिरोकै रोलमा छन् ।

    उनले बालविवाह निरुत्साहित गर्ने उद्देश्यले ‘उजेली’ नामक डकुमेन्टी फिल्ममा अभिनय गरे । थुप्रै ठाउँमा च्यारिटी शो पनि गरे । पछिल्लो समय चलचित्रमा पनि छाउन थालेका छन् । रुद्र, मेरो आफ्नो र पुष्पराज (निर्माणाधीन)मा अभिनय गरिसकेका उनले संस्कार नामक डकुमेन्टी फिल्मको स्क्रिप्ट तयार पारेका छन् । अब चलचित्र निर्माण र निर्देशन गर्ने लक्ष्य रहेको उनी बताउँछन् । उनी भन्छन्, ठूलो व्यानरको चलचित्रको सबै स्क्रिप्ट तयार भइरहेको छ । लगानी धेरै गर्नुपर्ने र विदेशमा समेत सुटिङ गर्नुपर्ने भएकाले लगानीकर्ता पनि खोज्दैछु ।’ प्रेमकथामा आधारित सो चलचित्रका लागि कम्तीमा एक करोडको बजेट आवश्यक पर्ने उनले बताए ।

    कला क्षेत्रमा संघर्षको कथा सुनाउँदै उनी भन्छन्–‘चलचित्र क्षेत्रमा आउन गाह्रो छ । कला भएरमात्र पनि पुग्दैन, पहुँच र प्रभाव पनि हुनुपर्छ । त्यतिमात्रै होइन कला क्षेत्रमा पहिले बिक्नै गाह्रो र पछि टिक्नै गाह्रो हुँदोरहेछ ।’ नवप्रवेशी कलाकारलाई त यो क्षेत्रमा छिर्न नै कठिन रहेको उनको अनुभव छ । किन त ?

    उनी थप्छन्, ‘अहिले म्युजिक भिडियो होस् वा चलचित्रमा नाम चलेको कलाकारलाई लिने गरिन्छ । चलेको कलाकार राख्दा लगानी डुब्दैन भन्ने बुझाइ छ ।’ त्यसैले नवप्रवेशी कलाकारलाई कलाकारितामा लागेर जीवन निर्वाह गर्न कठिन हुने उनी बताउँछन् । कोरोना महामारीले कलाकारितालाई फिल्टर गरिदिएको छ । झण्डै दुई वर्ष लामो समय लगभग शुन्य अवस्थामा रहेको चलचित्र क्षेत्रबाट धेरै कलाकारले हात धोएका छन् ।

    कलाक्षेत्रलाई नै मूल पेशा र जीवनको लक्ष्य मानेर अठोट गर्ने कलाकारहरु बाहेक कैयौले देशबाट पलायन भएको अवस्थामा पनि कलाकार दिनेश कुँवरले विचलित नभइकन अडिएर रहेका छन् । ‘अब त सकारात्मक नतिजा दिने दिन आए’ उनले खुसी व्यक्त गरे । कला क्षेत्र जनताको मनोभावना सँग जोडिएकोले बहुुसंख्यक कलाप्रेमीहरुको मन जित्नेहरुमात्र टिकेर जीविकोपार्जन र सन्तुष्टि दुवै हासिल गर्छन् ।

    चाल्स डार्विनले भने झै समय र परिस्थिति सँग लड्ने मात्र कला क्षेत्रमा विक्छन् टिक्छन र बाँच्छन् या विदेश भासिन्छन् दिनेश कुँवरले पछिल्ला दश वर्ष गरेको अविचलित संघर्षले स्थापित हुन सक्ने अनुकरणीय पात्र बन्न सफल देखिएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार