रुपन्देही । मंगलबार विहान रुपन्देहीको सियारी गाउँपालिकामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ ।
अविरल वर्षासँगै चट्याङ्ग लागेर जिल्लाको सियारी गाउँपालिका–२ निवासी ४५ वर्षीय रामनाथ बरहीको मृत्यु भएको हो ।
खेतमा काम गर्न गएको बेला विहान साढे ८ बजेको समयमा चट्याङ्ग लागेर बरहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उनको शव पोष्टमार्टमका लागि अहिले भैरहवाको भीम अस्पतालमा ल्याइएको छ ।
Leave a Reply