काठमाडौं । सरकारले नेपालमा रहेका शरणार्थीलाई परिचयपत्र प्रदान गर्ने भएको छ ।
सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाणले परिचयपत्र बनाउन छुटेका शरणार्थीहरुलाई परिचयपत्र प्रदान गर्ने तयारी भइरहेको जानकारी दिए ।
गृहमन्त्री खाणले भने, ‘छुटेका (शरणार्थी) हरुलाई उनीहरुको परिचयपत्र बनाउने सन्दर्भमा गृहकार्य भइराखेको छ। उनीहरुले पनि नेपालमा सहज जीवन जिउन सक्नुहोस् भन्ने नै हाम्रो सद्भाव रहेको छ।’
गृहमन्त्री खाणले नेपालमा रहेका शरणार्थीको संख्या र परिचयपत्र पाउन बाँकी रहेकाहरुको संख्याबारे भने केही उल्लेख गरेनन्।
तर, नेपालमा रहेका सबै मानिसको मानव अधिकारका विषयमा सरकार गम्भीर रहेको उनले जिकिर गरे। नेपालमा रहेका सबैको मानव अधिकारका विषयमा सरकार सजग रहेको उनले बताए ।
Leave a Reply