काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिग्रेका कम्युनिष्टहरू सडेको अन्डाजस्तै गन्धा हुने टिप्पणी गरेका छन्।
नेपालका सबै कम्युनिष्टलाई मिलाउन खोजे पनि सफल नभएको उनको भनाइ थियो।
कम्युनिष्टहरू राम्रा र धैर्यपूर्वक विश्लेषण गर्न सक्ने हुने पनि उनले बताए। तर विग्रेपछि भने सडेको अन्डाजस्तो गन्धा हुने प्रचण्डको भनाइ थियो।
‘कम्युनिष्टहरू राम्रा हुन्छन्। धैर्यतापूर्वक विश्लेषण गर्छन्। तर विग्रेपछि कम्युनिष्टजति नराम्रा कोही पनि हुन्नन्, सबैभन्दा नराम्रा कम्युनिष्ट हुन्छन्,’ ललितपुरमा आज आयोजित नेपालमा समाजवादः चुनौती र सम्भावना विषयक अन्तर्क्रियामा बोल्दै प्रचण्डले भने, ‘अण्डा धेरै फाइदाजनक चिज हो। सड्यो भने त्यो जति गन्धा केही पनि हुँदैन।’
Leave a Reply