Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • शोधनान्तर घाटाको प्रणेता ओली सरकार र युवराज खतिवडा नै हो : प्रचण्ड

    शोधनान्तर घाटाको प्रणेता ओली सरकार र युवराज खतिवडा नै हो : प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 978
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शोधनान्तर घाटाको प्रणेता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा भएको दावी गरेका छन् ।

    सोमबार नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमा आयोजित ‘नेपालमा समाजवादः चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकार आएपछि मुलुकको शोधनान्तर विदेशी मुद्राबारे गरेको टिप्पणीको जवाफ दिँदै शोधनान्तर घाटा हुनुमा ओली नै जिम्मेवार रहेको बताएका हुन् ।



    ‘एमाले महासचिव शंकर पोखरेलले हाम्रो अगाडि जो शोधनान्तर घाटाको कुरा गर्नुभयो, यो घाटाको प्रणेता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा नै हो’, प्रचण्डले प्रश्न गर्दै भने, ‘समाजवादतिर जाने कुरा हामीले गरेको होइन ? वामपन्थी र कम्युनिस्टहरूको एकताबाट स्थायित्व समाजवादतिर जाला, भ्रष्टाचार नियन्त्रण होला, जनतालाई प्रत्यक्ष राहत हामीले घोषणापत्रमा भनेअनुसार जाला भनेर त्यो पहल गर्ने हाम्रो अगाडि बसेर उहाँले समाजवादको कुरा बुर्जुवासँग मिलेर हुन्छ भन्न मिल्छ ?’



    अध्यक्ष प्रचण्डले राष्ट्रवादको सवालमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीमा गल्ती गरेको बताएपछि उनलाई सम्झाउने प्रयास गरे । ‘झलनाथजीलाई पनि म सम्झाउन चाहान्छु । एमसीसीबारे पहिलो दस्तावेज मैले लेखेको हो । एमसीसीबारे अध्ययन गर्नुस् भनेर झलनाथजीको नेतृत्वमा आयोग बनाउने प्रस्ताव पनि मैले नै राखेको हो यो हेक्का होला, रहोस्’, प्रचण्डको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार