Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • कांग्रेसलाई शिरमा राखेर कम्युनिस्टहरूले समाजवादको कुरा गर्नुको औचित्य छैन् : एमाले महासचिव पोखरेल

    कांग्रेसलाई शिरमा राखेर कम्युनिस्टहरूले समाजवादको कुरा गर्नुको औचित्य छैन् : एमाले महासचिव पोखरेल

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 963
    SHARES

    काठमाडौं । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू उपस्थित भएको मञ्चमा उभिएर नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन र समाजवादको संकल्प एकसाथ अघि बढ्न नसक्ने बताएका छन् ।

    नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको समाजवादको लक्ष्य र चुनौती विषयमा आयोजना गरेको विचार गोष्ठीको अध्यक्षता माओवादी नेता नारायणकाजी श्रेष्ठले गरेका थिए ।



    उनले भने, ‘यात्र गठबन्धनको, संकल्प समाजवादको मिलेको छैन ।’ यदि कांग्रेसलाई समाजवादी पार्टीका रुपमा स्वीकार नगर्ने हो भने कांग्रेस नेतृत्वको गठबन्धनमा बसेर समाजवादको बहस गर्नु कार्यकर्ता अलमल्याउन मात्र हुने बताए ।



    महासचिव पोखरेलले अहिले गठबन्धनका नेताहरूले समाजवादको कुरा गर्नु कार्यकर्ता अलमल्याउने कुरा मात्र भन्दै कांग्रेसलाई शिरमा राखेर कम्युनिस्टहरूले समाजवादको कुरा गर्नुको औचित्य नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार