Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • पूर्वराजा ज्ञानेन्द्रको आलोचना गर्दै बर्तौलाले भने- उहाँ नाचगान र खानपिनमानै रमाउँदा राम्रो

    पूर्वराजा ज्ञानेन्द्रको आलोचना गर्दै बर्तौलाले भने- उहाँ नाचगान र खानपिनमानै रमाउँदा राम्रो

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका छन् ।

    उनले पूर्वराजा ज्ञानेन्द्र शाह खानपिन र नाचगानमा शौखिन भएकाले त्यसमै रमाउँदा राम्रो हुने टिप्पणी गरे ।



    ‘व्यापार व्यवसाय, नाचगान र खानपिनमा बढी शौख भएको राजा हुनुहुन्छ, त्यसमा नै रमाउँदा राम्रो हुन्छ’, सोमबार बाँकेको नेपालगन्जमा पार्टीका अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै बर्तौलाले भने, ‘राजसंस्थाप्रति सम्मान छ । विरोध आलोचना गर्नु छैन । तर आफ्नो मान मनितोमा त बस्नु पर्यो नि ।’



    उनले निर्मल निवासको हवाला दिएर राप्रपा नेपाल र नेतृत्वलाई कमजोर बनाउने खेलमा केही शक्ति र व्यक्तिहरु अझै योजनाबद्ध रुपमा लागिरहेको आरोप लगाए ।

    साझा र अभिभावक बन्ने स्वभाव तथा चरित्र नभएकाले पूर्वराजा शाहको पुनरागमनको कुनै सम्भावना नभएको उनले बताए ।

    कार्यक्रममा सहमहामन्त्री हिक्मत ढकालले संगठन निर्माणलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा केन्द्रीय सदस्यहरु आशा धिमाल, मोहम्मद इराकी, बिनोद केसी, पुरु दाहाल, जिल्ला अध्यक्ष दिपेन्द्र सिंह लगायतको सहभागिता थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार