Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • ग्लोबल फण्डको रकम सरकार मातहत ल्याउने स्वास्थ्यमन्त्री खापुङको निर्णय

    ग्लोबल फण्डको रकम सरकार मातहत ल्याउने स्वास्थ्यमन्त्री खापुङको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 867
    SHARES

    काठमाडौं । नवनियुक्त स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले पदभार ग्रहण गरेसंगै ग्लोबल फण्डको रकम स्वास्थ्य मन्त्रालय मातहत ल्याउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

    हाल ग्लोबल फण्डको रकम गैर सरकारी निकाय सेभ द चिल्ड्रेनमार्फत खर्च हुँदै आएको थियो । तर सन् २०२४ मा सुरु हुने नयाँ साइकलका लागि ग्लोबल फण्डको रकम सरकारमातहत नै खर्च हुने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरिएको हो।



    सोमबार नै स्वास्थ्यमन्त्रीको रुपमा पदभार ग्रहण गरेका खापुङले दूरदराजमा रोग पहिचान गर्न कठिनाइ हुने र उपचार नहुने अवस्था अन्त्य गर्न गाउँगाउँमा स्वास्थ्य शिविर लैजाने बताएका छन् ।



    राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीलाई सोमबार दिउँसो राष्ट्रपति कार्यालय र प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्रीलाई सिंहदरबारस्थित कार्यालयमा शपथ गराएका थिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार