Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • खोलाले बगाउँदा डेढ वर्षिया बालिकाको मृत्यु

    खोलाले बगाउँदा डेढ वर्षिया बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 918
    SHARES

    फाइल तस्विर

    तनहुँ । तनहुँको चुँदी खोलाले बगाएर डेढ वर्षिया बालिकाको मृत्यु भएको छ ।

    आइतबार साँझ साढे ७ बजे तनहुँको भानु नगरपालिका-७ चन्द्रावती बस्ने रचना श्रेष्ठकी १ वर्ष ६ महिनाकी छोरी काब्यालाई घर नजिकै रहेको खोलाले बगाएको थियो।



    घरदेखि २० मिटर दुरीमा रहेको उक्त खोलाले बेपत्ता पारेपछि खोज्ने क्रममा स्थानीय र प्रहरीले ५०० मिटर तल बालिकालाई अचेत अवस्थामा फेला पारेका थिए।



    तत्कालै उनलाई उपचारका लागि दमौली अस्पताल लगे पनि राती १० बजे बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार