काठमाडौं । नेकपा एमालेका सचिव एवम् सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सन्न्यास लिएर बस्न सुझाव दिएका छन् ।
आइतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तरार्द्धमा रहेकोले सन्न्यास लिएर बस्न सुझाव दिएका हुन् ।
उनले ले केही दिनअघि अध्यक्ष नेपालले १० भाइ एमालेका दास हौ, तिमीहरूले हाम्रो खैरो खन्छौ भन्ने भाषण गरेकोप्रति सांसद भट्टराईले माधव नेपालजत्तिको शीर्ष नेताले सम्हालिएर बोल्नुपर्ने बताए ।
उनले भने, ‘माधव नेपालजस्तो शीर्ष नेताले त्यो ढङ्गले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन । उहाँ सम्हालिनुपर्छ । अर्को कुरा उहाँ जीवनको उत्तरार्द्धमा हुनुहुन्छ । राजनीतिको पनि उत्तरार्द्धमा हुनुहुन्छ । उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु ? उहाँको आउँदो अवकाशको जीवन राम्रो बितोस् ।
उहाँ अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भनेर धुलो उडाउँदै हिँडुनभएको छ, त्यो असम्भव कुरा हो । असम्भव कुरामा दौडिने नभइ आफ्ना गल्तीहरूलाई रिलाइजेशन गरेर अब नयाँ पुस्तालाई राजनीति, पार्टी सुम्पेर आफू आनन्दले बस्ने हो । सन्न्यासी मान्छेले मुख छोड्दै हिँड्दैन ।’
Leave a Reply