काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्री रुदाँ रुँदै विदाई भएकी छन् ।
मन्त्री पदबाट राजीनामा दिएपछि मन्त्रालयमा आइतबार बेलुकी आयोजित बिदाइ कार्यक्रमको सुरुमै उनी रोएकी हुन् ।
उनी मन्त्रालयमा पत्रकार सम्मेलन भइरहँदा रोएकी थिइन् । उनी मन्त्री बनेको ८ महिना २० दिनपछि बिदाइ भएकी हुन् । झाँक्रीले आफ्नो कार्यकालमा भएका प्रगति विवरण पनि सार्वजनिक गरेकी थिइन् ।
प्रगति विवरण सार्वजनिक हुँदै गर्दा उनी रोएकी थिइन् । मन्त्रालयमा पत्रकार सम्मेलन गर्नुअघि प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएकी हुन् ।
Leave a Reply